लेटेस्ट न्युज
advertisement1

दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

Maryada News 2025-03-28 09:42:40
दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

काठमाण्डू, चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ ।

शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो ।

उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक रहेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ ।

“चलचित्र लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो ।

अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ ।” ‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।

‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्