एजेन्सी । बलिउडर्मीहरू मुम्बईमा आफ्नै कमाइले घर किन्नुमा निकै गौरव महशुस गर्छन्। बलिउड अभिनेत्री सोनाक्षी सिन्हापनि यही समुहमा पर्छिन् ।
उनले बान्द्रा रिक्लामेशन क्षेत्रमा आलिशान अपार्टमेन्ट खरिद गरेकी छन्। यो क्षेत्र मुम्बई नजिकै पर्छ ।
मुम्बईमा घर किन्नु उनको सपना भएको उनी बताउँछिन् । उनी भन्छिन्– ‘जहिलेदेखि मैले काम सुरु गरेकी थिए, मेरो सपना थियो म ३० वर्षको हुनु भन्दा अघि नै आफ्नै मेहनतमा घर किनौँ । हो केही वर्ष ढिला भयो तर मैले किनें ।’
सोनाक्षी हालसम्मपनि पिता शत्रुघन र माता पुनम सिन्हासँग बस्दै आएकी छिन् । उनी आफ्नै घर किनेपनि तत्काल बसाइँ नसर्ने बताएकी छिन् । उनी भन्छिन्– ‘मलाई मेरो मातापिताको साथमा बस्न राम्रो लाग्छ । अहिले नै म घर छोड्ने योजनामा छैन । यो घर किन्नु मेरो सपना पूरा गर्नु मात्रै हो र एउटा राम्रो लगानी मात्रै हो ।’
प्रतिक्रिया