लेटेस्ट न्युज
advertisement1

चिनियाँ राजदूतसहित शिक्षामन्त्रीले गरे दरबार हाई स्कूलको निरीक्षण

Maryada News 2021-02-27 08:30:53
चिनियाँ राजदूतसहित शिक्षामन्त्रीले गरे दरबार हाई स्कूलको निरीक्षण

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दरबार हाई स्कूलको निरीक्षण गरेका छन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको दरबार हाई स्कूल चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएपछि निरीक्षण गरिएको हो।

चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सहभागी भएकी थिइन्। सो अवसरमा उनीहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गरेका थिए।

नवनिर्मित विद्यालयको साँचो यसअघि उद्घाटन समारोहका अवसरमा कात्तिक ५ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिसकिएको छ। चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ ।  

विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालय पछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो। पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो ।  

दरबार हाई स्कूललाई विसं २०२४ देखि भानु माध्यमिक विद्यालय नामाकरण गरिएको थियो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्