लेटेस्ट न्युज
advertisement1

छैठौं व्यवस्थापन तथा आईटी शैक्षिक मेला हुने

Maryada News 2021-02-14 15:16:42
छैठौं व्यवस्थापन तथा आईटी शैक्षिक मेला हुने

काठमाडौं : 'नेपालको शिक्षा उत्कृष्ट शिक्षा' भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । 

पाठशाला एजुकेशन फाउण्डेशनले आगामी बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गदै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमश: पोखरा विश्वविधालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविधालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका ३ वटा, काठमाडौं विश्वविधालयका २ वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविधालयका कलेज, दुई वटा सीए र एक अन्य  अध्यापन गराउने संस्थाहरुको सहभागिता रहेने छ भने १५ वटा विदेशी विश्वविधालयको कोर्ष पढाउने संस्थाहरु जसमा यु।के मलेसिया अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्