सुर्खेत : कोरोना महामारीका कारण बन्द भएका सुर्खेतका विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । सबै सामुदायिक र संस्थागत विद्यालयहरू आइतबारदेखि खुल्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
‘स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने छ,’ उनले भने, ‘दुई(तीन दिनभित्र मापदण्ड निर्माण गरिने प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुल्ने छन् ।’
मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको प्रमुख जिल्ला अधिकारी रिजाले जानकारी दिए । कार्यदलमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् ।
कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी विद्यालय खुलाउने बिषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेस गर्नेछ ।
प्रतिक्रिया