एजेन्सी- भारतकाे अहमदावादमा रहेकाे विश्वकै विशाल क्रिकेट रंगशालाकाे पिच खराब भएकाे आराेप लागेकाे छ। इंग्ल्याण्ड टाेलीले अहमदावादकाे माेतेरा क्रिकेट रंगशालाकाे पिचमाथि प्रश्न उठाउँदै आइसिसिले यसबारे जाँच गर्नु पर्ने आशयका भनाइँ व्यक्त गरेका हुन्।
इंग्ल्याण्ड टाेलीका कप्तान जाे रूटले खेलाडीभन्दा पनि आइसिसिले रंगशालाकाे पिचकाे अध्ययन गर्नुपर्ने बताएका हुन्। भारतविरूद्ध तेस्राे टेस्ट म्याच र श्रृङखलामा पराजय व्यहाेरेपछि इंग्ल्याण्ड टाेलीकाे यस्ताे अभिव्यक्ति आएकाे हाे।
अहमदावादकाे पिच स्पिनरमैत्री मात्र भएकाे, तिव्र गतिका बलरलाई अनुकुल नभएकाे, रन बनाउन कठीन भएकाे जस्ता आराेप लागेकाे छ।
यद्यपि भारतका दिग्गज ब्याट्सम्यान सुनिल गवास्करले भने इंग्ल्याण्ड टाेलीकाे भनाइँकाे आशयलाई गलत भएकाे भन्दै प्रतिवाद गरेका छन्। उनी भन्छन्- 'यही पिचमा भारतका राेहित शर्मा र इंग्ल्याण्डका ज्याक क्रलीले अर्धशतक बनाएका छन्। इंग्ल्याण्ड भने रन बनाउन छाेडेर विकेट जाेगाएर खेलिरहेकाे थियाे। यही पिचमा अक्सर पटेल र अश्विनले गजब बलिङ गरेका छन्।'
यस्ताे छ आइसिसिकाे नियम
आइसिसिकाे नियममा पनि याेग्य र अयाेग्य पिचकाे अवधारणा रहेकाे छ। खराब पिच त्याे हाे जहाँ बल र ब्याटबीच सन्तुलन कायम भएकाे हुँदैन। यदी कुनै पिचमा ब्याट्सम्यानलाईमात्र अत्याधिक मद्दत मिलिरहेकाे छ भने र बलरलाई कुनै मद्दत मिलिरहेकाे छैन भने यसलाई खराब पिच भनिने गरिन्छ।
त्यस्तै यदी पिचमा बलरलाईमात्र मद्दत मिलिरहेकाे छ भने र ब्याट्सम्यानलाई रन बनाउन मद्दत मिलिरहेकाे छैन भने पनि साे पिचलाई खराब पिच भन्ने गरिन्छ। त्यस्तै कुनै पिचमा स्पिन बलरलाईमात्र अत्याधिक मद्दत मिलिरहेकाे अवस्थामा पनि साे पिचलाई खराब पिच भन्ने गरिन्छ।
हाल भारतकाे पिचलाई यही (अत्याधिक स्पिन बलर मैत्री)आराेप लागेकाे हाे। अहमदावादकाे पिचमा ३० मध्ये २८ विकेट स्पिनरले लिएका थिए।
प्रतिक्रिया