एजेन्सी : टोकियो ओलम्पिक सुरु हुन दुई साता बाँकी छ । जापानमा भने कोरोना भाइरस संक्रमण बढेको भन्दै आपतकालको घोषणा गरेको छ । प्रधानमन्त्री यासिहिदे सुगाले जुलाई १२ देखि २२ अगस्टसम्म आपतकाल रहने घोषणा गरेका हुन् ।
यो अवधिभर बार र रेष्टुरेन्टलाई मदिराको बिक्रीमा रोक लगाइएको छ भने बेलुका ८ बजे नै बन्द गर्नुपर्नेछ । घरेलु दर्शकलाई रंगशालामा उपस्थित भएर खेल हेर्न दिने वा नदिनेबारे निर्णय गर्न अधिकारीहरुले छलफल गर्दैछन् ।
ओलम्पिक प्रतियोगिता शुभारम्भ हुने दिन २३ जुलाई नजिकिँदै गर्दा जापानमा कोरोनाभाइरस संक्रमणमा व्यापक वृद्धि भएको छ । ओलम्पिकलाई स्थगित वा मिति सार्न भन्दै जापानमा व्यापक विरोध भैरहेको छ ।
प्रतिक्रिया