लेटेस्ट न्युज
advertisement1

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकैदिन ८० प्रदर्शनकारीकाे हत्या

Maryada News 2021-04-11 14:37:27
म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकैदिन ८० प्रदर्शनकारीकाे हत्या

एजेन्सीः म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरूले कम्तीमा ८० प्रदर्शनकारीकाे ज्यान लिएका छन्। म्यान्मारकाे बागोमा अनुगमनमा खटिएका अधिकारकर्मीहरूले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको ज्यान गएकाे बताएका छन्। 

मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुनसक्ने पनि उनीहरूले बताएका छन्। प्रदर्शनकारीविरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

म्यान्मारमा गत माघ १९ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि ६०० भन्दा बढी मानिसको निधन तथा हत्या भइसकेको छ। सेनाले सत्ता हातमा लिएयता देशव्यापी विरोध प्रदर्शनहरू हुँदै आएका छन्।

हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो। चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरूले भने निर्वाचन निष्पक्ष भएको दावी गर्दै आएका छन्।

सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरूलाई थुनामा राखेको हो। सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्