लेटेस्ट न्युज
advertisement1

जापानी अर्वपतिले निःशुल्क चन्द्रमा यात्रामा लैजाने, विश्वभरबाट आवेदन दिन आग्रह

Maryada News 2021-03-03 17:49:30
जापानी अर्वपतिले निःशुल्क चन्द्रमा यात्रामा लैजाने, विश्वभरबाट आवेदन दिन आग्रह

एजेन्सीः जापानका अर्बपति युसाका माएजावाले चन्द्रमाकाे यात्रा गर्न विश्वभरका मानिसलाई आमन्त्रण गरेका छन्। माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्न विश्वभरीबाट आठ जनालाई आमन्त्रण गरेका हुन्।  

ट्वीटरमा एक भिडियाे पाेस्ट गर्दै उनले विश्वभरका मानिसलाई आवेदन दिन आग्रह गरेका छन्। उनले भिडिओमा भनेका छन्- "म चाहन्छु चन्द्रमाकाे यात्रामा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्।"  

उनले आवेदन भर्ने विवरणहरू पनि राखेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।

यात्राकाे सम्पूर्ण आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा नि:शुल्क हुनेसमेत उनले बताएका छन्। 

यद्यपि साे यात्रा 'डियरमून' अन्तरिक्ष मिसनमार्फत हुने र सन् २०२३ मा उड्ने तय भएकाे छ।

यस्ताे छ आवेदकलाई मापदण्डः 

आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरूले पहिलाे त- मानिस र समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ, र दाेश्राे- त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ।

गत वर्ष उनले नयाँ केटीसाथीको पनि खोजी गरेका थिए चन्द्रमाकाे यात्राका लागि। तर पछि साे याेजना उनले रद्द गरे।

सन् २०१८ मा, स्पेसएक्सले चन्द्रमाको यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्