एजेन्सीः अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक १२ तले भवन भत्किँदा ९९ जना सम्पर्कविहीन भएका छन्। घटनास्थलमा एक जनाको शवसमेत भेटिएको छ।
हालसम्म घटनास्थलमा एक सय दुई जना रहेकाे पुष्टि भएकाे छ। यस्तै करिब ३५ जनाकाे उद्धार गरिसकिएकाे छ।
भवन भत्किएकाे स्थानमा उद्धारकर्ताहरू निरन्तर खटिएकाे बताइएकाे छ। यस्तै उद्धारकर्ताहरूले भवनकाे भग्नावशेषमा मानिसहरू चिच्याएकाे र ढक्ढक्याएकाे सुनेकाे बताएका छन्।
४० वर्ष पूरानाे भवन कसरी भत्कियाे भन्नेबारे हालसम्म पत्ता लागेकाे छैन। भवन भत्किएकाे समयमा कति जना थिए भन्ने बारे पनि पत्ता लागेकाे छैन। फ्लोरिडा राज्यका गभर्नर रन डिसेन्टिसले क्षतिबारे आफ्नाे भनाई राख्ने क्रममा नराम्रो समाचार सुन्नका लागि पूर्णरूपमा तयार रहन भनेका छन्।
प्रतिक्रिया