लेटेस्ट न्युज
advertisement1

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

Maryada News 2021-06-15 13:18:27
इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

एजेन्सीः संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारण ज्यान गुमाउने अवस्थामा पुगेका बताएको छ। युनिसेफले सो क्षेत्रका ५६ हजार बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना कुपोषणका कारण मृत्युको मुखमा पुगेकाे बताएको हाे।

संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युनिसेफका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ। सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ।

यसैकारण सो क्षेत्रमा मानवीय सहायता पनि पुर्‍याउन सकिएको छैन। ती बालबालिका र उनीहरूका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पुर्‍याउनु पर्ने बताइएको हो।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पुर्‍याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरूमा आग्रह गरेकी छिन्। उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका उनले बताइन्।

उनले आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पुर्‍याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्