रियो डे जानेरो : ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार पछिल्लो घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।
ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्ममा चार लाख ९६ हजार भन्दा बढीको निधन भएको छ ।
प्रतिक्रिया