लेटेस्ट न्युज
advertisement1

इरानमाथिको नाकाबन्दी हटाइने छैन : अमेरिकी राष्ट्रपति बाइडेन

Maryada News 2021-02-08 14:30:28
इरानमाथिको नाकाबन्दी हटाइने छैन : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने बताएका छन्। 

एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन्। इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने उनले बताए।

यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर ‍गर्नुपर्ने राष्ट्रपति बाइडेनले बताएका थिए। इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तर्वार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए।  

त्यसलगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको हो। विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए।

आतंकवादी संगठनलाई सहयोग तथा हिंसात्मक कार्यहरूलाई बढावा दिएको आरोपमा अमेरिकाले इरानमाथि थप नाकाबन्दी लगाएको थियो। त्यस्तै गरी यमनको द्वन्द्वमा आतंकवादी समूहलाई समर्थन गरेको आरोप पनि अमेरिकाले इरानमाथि लगाएको छ। प्रतिबन्ध एकपक्षीय तथा गैरकानुनी भएको इरान सरकारले बताउँदै आएको छ। 

अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको बदलामा इरानले पनि त्यहाँ रहेका अमेरिकी कम्पनी तथा नागरिकमाथि प्रतिबन्ध लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्