लेटेस्ट न्युज
advertisement1

भारतका ४ राज्यमा कोरोना संक्रमण बढ्दै, दोस्रो लहर फैलिने त्रास

Maryada News 2021-02-21 15:14:32
भारतका ४ राज्यमा कोरोना संक्रमण बढ्दै,  दोस्रो लहर फैलिने त्रास

एजेन्सी- भारतका ४ वटा राज्यमा कोरोना भाइरस संक्रमण बढ्न थालेको छ ।  त्यहाँका चार राज्यमा पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

 भारतका पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेश राज्यमा पछिल्लो पाँच दिनयता लगातार संक्रमण बढिहरको छ। यसअघि कोरोना भाइरसको सुरूवाती संक्रमण पनि यिनै राज्यहरूमा बढि थियो। पछिल्लो समय संक्रमण घटिरहे पनि केही दिनयता भने पुनः संक्रमण बढ्दै जानुले कतै कोरोनाको दोस्रो लहर फैलिने हो कि भन्ने त्रास छाएको छ। 

भारतीय सञ्चार माध्यमहरूका अनुसार महाराष्ट्रमा कोरोनाभाइरसका नयाँ भेरियन्टका संक्रमित भेटिएकै बेला अन्य राज्यहरूमा पनि संक्रमितहरू ह्वात्तै बढेका छन्। भारतमा हाल ठूलो संख्यामा कोरोनाभाइरसविरूद्धको खोप दिइएको छ। तापनि नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिएमा अवस्था पुनः जटिल बन्ने विज्ञहरू बताउँछन्।

भारतमा शनिबार बिहानसम्म कुल संक्रमित संख्या १ करोड ९ लाख ९१ हजार नाघेको वर्ल्डोमिटर्सले जनाएको छ। साथै अहिलेसम्म १ लाख ५६ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्