लेटेस्ट न्युज
advertisement1

कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को निधन, सयौँ बेपत्ता

Maryada News 2021-05-27 13:51:44
कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को निधन, सयौँ बेपत्ता

एजेन्सीः कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी निधन हुनेकाे संख्या ३२ पुगेको छ। ज्वालामुखी विस्फाेटपछि सयौँ नागरिक बेपत्तासमेत भएका छन्।

संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका अनुुसार बुधबारसम्म ३२ जनाको ज्यान गएको र अरु सयौँ अझै वेपत्ता रहेका छन्। गत शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरूको जिवीतै उद्धारको आशा नभएको बताइएकाे छ।

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो। त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो। ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ।

साथै यहाँबाट एक सय ७० जना बालबालिका पनि हराएका छन्। उनीहरूको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्