लेटेस्ट न्युज
advertisement1

फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाबाट मृत्यु   

Maryada News 2021-04-26 18:08:50
फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाबाट मृत्यु   

पेरिस : फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।   रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताएका छन् । 

तीन सातादेखि कोभिडसँग सङ्घर्ष गरेपश्चात् पेरिस स्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको थियो ।  मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुआती दिनहरुमा काम गरेका थिए । त्यसपछि उनीसन् १९९६ मा गाए लारोच र १९९८ मा येभिस सेन्ट लरेन्टमा संलग्न भएका थिए । फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताए ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्