लेटेस्ट न्युज
advertisement1

कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने बाइडेनको लक्ष्य

Maryada News 2021-03-26 14:47:49
कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने बाइडेनको लक्ष्य

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेन गरेका छन् । ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका हुन् । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका छन् ।     
     
‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ ।     
     
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ । करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्