काठमाडौं : भारतको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी अदालत अगाडि गोली चल्दा तीन जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।
आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।
प्रतिक्रिया