काठमाडौँ : काबुलमा मंगलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त विष्फोटमा ४३ जना घाइते भएका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको सरदार मोहम्मद दाउद खान मिलिटरी हस्पिटल नजिक विष्फोट गराइएको थियो । आक्रमण इस्लामिक स्टेटले गराएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया