काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
उपत्यका बाहिरबाट काठमाडौं फर्के लगत्तै दाहाल राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
संक्रमणकालीन न्यायबारे बाँकी रहेका प्रक्रिया अघि बढाउने प्रयास गर्न प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदै छ ।
प्रधानमन्त्री केपी ली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहालबीच हुने भनिएको उक्त छलफल अघि उनी राष्ट्रपति निवास पुगेका हुन् ।
भेटवार्तामा उक्त विषयसँगै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
प्रतिक्रिया