काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो नलाग्दासम्म कांग्रेसले कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार बुढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो ।
बैठकमा सभापति देउवाले नेकपाको माधव-प्रचण्ड र केपी ओली पक्षबाट सहकार्यको लागि प्रस्ताव आएको भन्दै राय मागेका थिए । जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।
प्रतिक्रिया