नेकपा एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन्। निवर्तमान कार्यसमितीका सचिव गैरेलाई समर्थन गर्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन्।
बुधबार सुरू भएको नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी सँगै उपसचिव चित्र बहादुर कार्की र हितराज पन्थीले प्रतिस्पर्धा गर्न खोजेका थिए।
अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने हितराज पन्थी उपाध्यक्ष र चित्र बहादुर कार्कीले सचिवको जिम्मेवारी लिन सहमत भएपछि नेतृत्व सर्वसम्मत भएको हो।
उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन्।
प्रतिक्रिया