काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ भारतीय महारथीको सम्मान पाएका छन् । मङ्गलवार भारतको नयाँ दिल्ली गएका प्रधानसेनापति शर्मालाई बुधवार राष्ट्रपति भवनमा भएको भव्य समारोहमा भारतीय राष्ट्रपति कोविन्दले मानार्थ महारथीको सम्मान दिएका हुन् ।
समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, भारतीय सेना अध्यक्ष एमएम नरवणे लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । भारतीय सेनापति नरवणेले गएको वर्ष नै नेपाल आएर यहाँको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।
नेपाल र भारतबीच एक–अर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विक्रम संवत् २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।
प्रतिक्रिया