लेटेस्ट न्युज
advertisement1

एनआरएनएलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

Maryada News 2021-10-30 20:46:10
एनआरएनएलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

लण्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी बढाउन गैरआवासीय नेपाली संघ एनआरएनए का सदस्यहरुलाई आग्रह गरेका छन्। संघले शनिबार बेलायतको राजधानी लण्डनमा गरेको एक कार्यक्रममा सम्बोधनका क्रममा देउवाले लगानी भित्र्याएमा आवश्यक सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन् । 

देउवाले नेपालमा कोरोना नियन्त्रणका लागि गैरआवासीय नेपालीले ठूलो भूमिका खेलेको पनि बताएका छन् । उनले कोरोनाविरुद्धको खोपका लागि एनआरएनले नेपाल सरकारलाई धेरै सहयोग गरेको पनि बताए।

एनआरएनएको भूमिकाप्रति खुसी भएका देउवाले उनीहरुको कामको प्रशंसा पनि गरे। देउवाले नेपाल अब चाँडै कोभिड(१९ मुक्त भएपछि विकासले पनि गति लिने बताएका छन् । कार्यक्रममा एनआरएनएको अध्यक्षमा उठ्न लागेका बेलायत निवासी कुल आचार्यले विभिन्न मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले देउवासमक्ष विभिन्न मागसहित ज्ञापन पत्र पेश गरे। भेटका क्रममा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले देउवासँग आफूहरुलाई यथाशक्य चाँडो दोहोरो नागरिकताको सुविधा दिन माग गरेका छन्।

उनीहरुले बेलायती गोर्खा सैनिकहरूको समस्या समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने आवाज पनि उठाएका छन्। एनआरएनहरुले देउवासँग नेपालबाट सिधै बेलायतमा हवाई उडान हुनुपर्ने अर्को माग पनि राखेका छन् । 

उनीहरुले राजनीतिक माग पनि देउवासँग राखेका छन्। विदेशमा लाखौँ नेपाली रहेकाले उनीहरुलाई आफ्नो कार्यस्थलबाटै मतदानमा सहभागी हुने व्यवस्थाका लागि कानुन बनाउन पनि आग्रह गरेका छन् ।

गैरआवासीय नेपालीहरुले अझै पनि नेपालमा विदेशी लगानी लैजान सहज वातावरण नरहेको गुनासो गरेका थिए। उनीहरुले वैदेशिक लगानीका लागि सहज वातावरण बनाउन पनि देउवालाई भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्