काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु भए लगत्तै अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।
उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।
पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो । आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया