लेटेस्ट न्युज
advertisement1

जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री थापा

Maryada News 2021-02-13 18:55:22
जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री थापा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताएका छन् । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिए ।

राजधानीमा २६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गरे ।

गृहमन्त्री थापाले भने, “जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पा¥यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन ग¥यो ।” जनयुद्धलाई एकतर्फबाट मात्रै बुझन् नहुनेमा जोड दिँदै उनले विभिन्न कोणबाट बुझन्पर्ने सुझाव दिए । उनले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गरे ।

विसं २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणा शासनलाई विस्थापित गरेको भए पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको र पछि धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको मन्त्री थापाले बताए । उनले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर विसं २०३६ र २०४६ मा गरेको प्रयाससमेत सफल हुन नसकेको जिकिर गरे । ती आन्दोलनको उपलब्धि भने भएको उनको विचार थियो ।

विसं २०४६ को आन्दोलनपश्चात गणतन्त्र स्थापनाका लागि ठूलो बहस भएसँगै नेकपा माओवादी सङ्गठनको जन्म भएको र त्यसले जनवादी विचारलाई प्रयोगतर्फ लगेको उनले बताए । त्यसपछि वर्गसङ्घर्षको निष्कर्षका साथ विसं २०५२ फागुन १ गते सशस्त्र सङ्घर्ष शुरु गरेको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्