काठमाडौं : नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार हात हालाहाल भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहाल भएको हो ।
अधिवक्ता भूमिनन्द चुडाल पिटिएका हुन् । उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् । अब कनुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । नेपाल बार एसोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको हो ।
प्रतिक्रिया