लेटेस्ट न्युज
advertisement1

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा सहभागी नहुने १४ न्यायाधीशको निर्णय

Maryada News 2021-10-24 20:18:15
प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा सहभागी नहुने १४ न्यायाधीशको निर्णय

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले सोमबार बोलाएको फुलकोर्टमा सहभागी नहुने १४ न्यायाधीशले निर्णय गरेका छन् । आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठकले सोमबार फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको एक न्यायाधीशले बताए ।

यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा सोमबास फुलकोर्ट बोलाउने र त्यस  बारेका प्रतिनिधि पनि सहभागी गराउने बताएका थिए । मन्त्रिपरिषद्मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन् ।

उनले बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्