काठमाडौँ : पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको शक्ति र गुट मण्डले जस्तो भएको टिप्पणी गरेका छन् । पराजुलीले ओलीकै सेटिङमा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बनेको आरोप समेत लगाए ।
पूर्व प्रधानन्यायाधीश पराजुलीले संसद विघटन गर्नेसम्मको सल्लाह ओली र वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भएको आरोप लगाए । पूर्व प्रधानन्यायाधीश पराजुलीले न्यायालयमा अहिले देखिएको संकट छिनोफानो नहुन्जेल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बस्न उनले सुझाए ।
प्रतिक्रिया