लेटेस्ट न्युज
advertisement1

वैकल्पिक राजनीतिका प्रणेता उज्वल थापाको तेश्रो स्मृति दिवस मनाउदै विवेकशील साझा

Maryada News 2024-05-30 19:26:11
वैकल्पिक राजनीतिका प्रणेता उज्वल थापाको तेश्रो स्मृति दिवस मनाउदै विवेकशील साझा

वैकल्पिक राजनीतिका प्रणेता तथा विवेकशील साझा पार्टीका संस्थापक नेता उज्वल थापाको तेश्रो स्मृति दिवस मनाउन पार्टीले कार्यक्रमको आयोजना गरेको जनाएकोछ। पार्टीका कार्यालय व्यवस्थापन प्रमुख नवराज थापाका अनुसार शुक्रवार अपरान्ह ३ वजे पार्टी मुख्यालयमा स्मृति दिवसको आयोजना गरिएको हो।
विवेकशील साझा पार्टीका संस्थापक पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, थापाको कोरोना संक्रमणबाट ३ वर्ष अघि ४४ वर्षको उमेरमा निधन भएको थियो। 

थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।   उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन विवेकशील साझा पार्टी  दृढ संकल्पित छ, पार्टीले स्मृति दिवसमा निम्तो दिदै भनेको छ। 
काँचो उमेरका एक पाको चिन्तकका रुपमा रहेका थापाले मैले मात्र देश बनाउन सक्छु भन्ने अहंम् त्यागेँ भनेर आफ्नो भनाई सार्वजनिक गरेका थिए।

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्