लेटेस्ट न्युज
advertisement1

रावलले दिए १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा  

Maryada News 2021-10-22 22:30:23
रावलले दिए १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा  

काठमाडौँ : नेकपा (एमाले) मा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट संयोजक भीम रावलले राजीनामा दिएका छन । सोको घोषणा रावलले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा गरेका हुन् ।

राजीनामापत्र भने शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने उनले जानकारी दिएका छन् । ‘मैले घोषणा गरिसकेको छु,’ बैठकपछि रावलले भने, ‘यसको आधिकारिक पत्र म भोलि अध्यक्षलाई पठाउँछु । यसको कुनै औचित्य छैन ।’

१० बुँदे कार्यान्वयनको क्रममा धेर विलम्ब भइसकेको रावलले भनाइ थियो । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ,’ रावलले थपेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्