काठमाडौं : सुदूरपश्चिम सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपत्तकालिन बैठकले विपद्बाट प्रभावित परिवारको सहयोग, जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्धारका लागि सो कोषमा रकम विनियोजन गरेको हो ।
शनिबार रातिदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुगेको छ । पहिरोमा परि प्रदेशको डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।
प्रदेश सरकारले विपद्का घटनालाई मध्यनजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५÷२५ लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया