लेटेस्ट न्युज
advertisement1

दुई दिनपछि  सर्‍यो प्रतिनिधिसभाको बैठक

Maryada News 2021-10-19 18:09:15
दुई दिनपछि  सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारेका हुन् । 

सभामुखका तर्फबाट आगामी ९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक ११ गते सारिएको सूचना संसद् सचिवालयको महासचिव भरतराज गौतमले निकालेका छन् ।

“मिति २०७८ साल कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरामा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” महासचिव गौतमले निकालेका सूचनामा भनिएको छ ।

सूचनामा विशेष कारणले त्यस दिन बैठक बस्न नसक्ने भनिएपनि कारण भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्