काठमाडौं : प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्ड गठन गरेको छ । बैठकले ११ सदस्यीय बोर्ड गठन गरेको हो ।
यसैगरी बोर्डको सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी) भीमराज राई (सोलुखुम्बु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री उत्तम बस्नेतले बताए ।
बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी), थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।
यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनार (मोरङ) लाई नियुक्त गरेको राज्यमन्त्री बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया