काठमाडौं : सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको छ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए ।
लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो ।
शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया