लेटेस्ट न्युज
advertisement1

अछाममा ८२ जना सुपरीवेक्षकले सुरू गरे राष्ट्रिय जनगणना 

Maryada News 2021-09-15 16:10:52
अछाममा ८२ जना सुपरीवेक्षकले सुरू गरे राष्ट्रिय जनगणना 

अछाम : अछाममा राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण कार्य सुरू भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य बुधबारदेखि सुरू भएको हो ।

राष्ट्रिय जनगणना २०७८ को परिमार्जित कार्यतालिका अनुसारै ८२ जना सुपरीवेक्षकलाई घर तथा परिवार सूचीकरण कार्यमा खटाएको जिल्ला जनगणना कार्यालय अछामका प्रमुख प्रकाश बिष्टले जानकारी दिए । उनका अनुसार दुई चरणमा सम्पन्न हुने राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचीकरण कार्य १८ असोजसम्म रहनेछ । 

सूचिकरण कार्यका लागि अछामका १० वटा पालिकामा ८२ जना सूपरीवेक्षक खटिएका छन् । ३० भदौदेखि १८ असोजसम्म २० दिनको अवधिमा सुपरीवेक्षकहरूले हरेक घरदैलोमा पुगेर घर तथा घरपरिवारको सूचीकरण कार्य गर्नेछन् ।

सूचिकरणका लागि साँफेबगर नगरपालिकामा ११ जना, मंगलसेन नगरपालिकामा ११ जना, पञ्चदेवल विनायक नगरपालिकामा आठजना, कमलबजार नगरपालिकामा आठजना, चौरपाटी गाउँपालिकामा आठजना, मेल्लेख गाउँपालिकामा आठजना, रामारोशन गाउँपालिकामा आठजना, तुर्माखाद गाउँपालिकामा आठजना, ढकारी गाउँपालिकामा ६ जना र बान्नीगढी जयगढ गाउँपालिकामा ६ जना गरी ८२ जना सुपरिवेक्षक हरेक वडामा एकैसाथ खटिने प्रमुख बिष्टले जानकारी दिए । 

त्यस्तै दोस्रो चरणको कार्यक्रम कात्तिक २५ देखि ९ मंसिरसम्म संचालन हुनेछ ।  यसअघि गत २५ जेठदेखि ८ असारभित्र सम्पन्न हुने गरी सुरू भएको जनगणना कोराना संक्रमण बढ्दै गएपछि २० वैशाखमा स्थगित गरिएको थियो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्