लेटेस्ट न्युज
advertisement1

१२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरु

Maryada News 2021-11-14 18:02:29
१२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरु

काठमाडौँ : १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई आइतबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । राजधानी सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो ।

फाइजर खोपको पहिलो मात्रा आइतबारदेखि मंसिर ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ ।

दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।

फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्