लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : नेता पौडेल

Maryada News 2021-02-21 17:20:21
प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सभापती शेरबहादुर देउवाले साथ दिएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीको आयोजनामा इटहरीमा आगोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।  

वरिष्ठ नेता पौडेलले सभापति देउवाको समर्थनकै कारण प्रधानमन्त्री ओली थप अधिनायकवादतर्फ उन्मुख भएको पनि बताए । ओली र देउवाका कारण लोकतन्त्र गणतन्त्र र संविधान नै धरापमा परेको बताए ।  

‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले’, पौडेलले भने, ‘संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’कार्यकर्तालाई आन्दोलित हुन आह्वान गर्दै पौडेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने कांग्रेसको आधिकारिक निर्णय भएको बताए । 

पौडेलले संविधानको रक्षा कांग्रेसको काँधमा आएको भन्दै संसद विघटनका विपक्षमा उभिन आग्रह गरेका छन् ।  उनले कांग्रेसले अदालतको फैसलालाई मान्ने बताए पनि अदालतको फैसला कुरेर अहिले मौन बस्न नमिल्ने बताए। उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्