काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाइएको टिप्पणी गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत् थापाले उपराष्ट्रपति नन्दबहादु पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटा लगायतले गणतन्त्रलाई गाईजात्रा बनाइएको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्काउने कार्यहरुले गणतन्त्रलाई गाईजात्रा बनाए।’
शनिबार नेकपाका अध्यक्षसमेत रहेका ओलीले अदालतले आफ्नो पक्षमा फैसला नगरे (संसद पुर्नस्थापना सदर नगरे) आन्दोलन गर्ने धम्किपूर्ण भाषा बोलेका थिए।
त्यसैगरी उपराष्ट्रपति पुनले सरकारले चालेको पुस ५ को कदम गलत भएको अभिव्यक्ती दिँदै आएका छन् भने सभामुख सापकोटा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने प्रकृयामा रहेका छन्।
हेर्नुहाेस् थापाकाे ट्वीट जस्ताकाे त्यस्तै
प्रतिक्रिया