काठमाडौं : त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका निर्देशक झलक गौतमका अनुसार भौतिक रूपमा उपस्थिति भएर परीक्षा दिँदा विद्यार्थीले जोखिम मोल्नु परेको गुनासो बढेपछि खोप दिने भएको हो ।
खोप लगाउन जाँदा विद्यार्थीले आफ्नो प्रवेशपत्र अनिवार्य बोक्नुपर्ने उनले बताए । विद्यार्थीले खोप काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर लगाउन पाउनेछन् । सा
प्रतिक्रिया