काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि ४ दिनसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए । काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रहरुमा वायु प्रदुषण तीब्ररुपमा बढेका कारण यस्तो निर्णय गरेको हाे।
वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै ४ दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको हो । केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया