काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतका साथ फेरी पनि मुल ढोकाबाट सिंहदरवार प्रवेश गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आज (मगंलबार)को बैठकमा बिशेष समय लिएर बिपक्षी दलका नेताका रुपमा पहिलो पटक आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो उद्घोष गरेका हुन् ।
जनमतबाट प्रधानमन्त्री भएको तर परमादेशबाट हटाइएको उनले बताए । ओलीले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति पनि जनाए । ‘पहिलो पटक प्रधानमन्त्री हटाउँदा पनि मैले भनेको थिएँ, म मुलढोकाबाट, मुल बाटोबाट, मुल गेट बाट, मुल ढोकाबाट आउने छु, अहिले फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधरण जनमतका साथ फेरि पनि मुल बाटोबाट, मुल ढोकाबाट सिंहदरवार प्रवेश गरिने छ,’ उनले भने ।
पहिलो पटक प्रधानमन्त्री भएको बेला आफ्नो काम हेरेर जनताले जिताएको भन्दै अवको निर्वाचनमा असाधारण जनमत लिएर सिंहदरवारमा आउने बताए ।
प्रतिक्रिया