लेटेस्ट न्युज
advertisement1

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

Maryada News 2021-04-28 16:57:22
कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

कर्णाली : कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन् । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।   
     
पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो । सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए । 
     
पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराए । थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ । पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिएका थिए । ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्