काठमाडौं : प्रदेश - १, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यी तीन प्रदेशका केही ठाउँमा दिउँसो ठूलोपानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।
उनका अनुसार प्रदेश नम्बर १ मा भने आज राति पनि ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य क्षेत्रमा भने आज पनि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा घाम लागेको छ ।
देशका धेरै ठाउँको मौसम यतिबेला आंशिकदेखि सामान्य बद्ली भएको छ । दिउँसोपछि भने देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया