लेटेस्ट न्युज
advertisement1

यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

Maryada News 2021-07-17 13:57:58
यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।     
     
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो ।     
     
भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला ९सरोज०, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्