काठमाडौं-आज फागुन ७ गते अर्थात ७१ औं प्रजातन्त्र दिवस। विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन विक्रम संवत् २००७ साल फागुन ७ को स्मरणमा हरेक बर्ष फागुन ७ गते विविध कार्यक्रम गरी यो दिवश मनाईन्छ।
यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले हरेक फागुन ७ गते औपचारिक समारोहको आयोजना गर्ने गर्दछ। आज बिहानै सैनिक मञ्च टुँडीखेलमा प्रजातन्त्र दिवस मूल समारोह समितिले विशेष समारोह सम्पन्न गरेको छ।
जनआन्दोलनका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो। उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया