लेटेस्ट न्युज
advertisement1

अविश्वासको प्रस्तावमार्फत् हटाएर देखाउन  प्रधानमन्त्री ओलीको चुनौती

Maryada News 2021-02-28 20:37:08
अविश्वासको प्रस्तावमार्फत् हटाएर देखाउन  प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौति दिएका छन् । नेकपाको अर्को समूहमा विभाजित प्रचण्ड–माधवप्रति लक्षित गर्दै उनले संसद पुनर्स्थापनाको लडाई जितिसकेपछि अब प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव पास गरेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन चुनौति दिएका हुन्  । 

आज गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले पहिलो पटक प्रधानमन्त्री हुदाँ पनि हटाइएको उल्लेख गर्दै अहिले पनि हटाए फेरी जनताबाट दुई तिहाइ ल्याएर सरकारमा आउने दाबी गरे । 
 
पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पनि आफु नै भएकोले प्रचण्ड माधवले राजीनामाको लागि आग्रह गर्दै हात थापिरहेको टिप्पणी उनले गरे  । संसद पुनस्र्थापना भएपछि नयाँ सरकार बनाउन प्रचण्ड माधवले गरेको प्रयास असफल भएको उनको दाबी छ । 

संसद पुनस्र्थापना भएपछि चितवनको सभा छोडेर भोलीपल्टै काठमाडौ फर्किएका प्रचण्ड माधव प्रधानमन्त्री खोज्न विमानस्थलबाटै सोझै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगे पनि काँग्रेसले नपत्याएको टिप्पणी गरे ।

 त्यसैगरी जसपासँग गरिएको प्रस्ताव पनि तपाईहरु कुन पार्टीबाट भनेपछि फेल भएको बताए । सर्वोच्चले संसद पुनर्स्थापनाको आदेश दिएको दिन प्रचण्ड–माधवले खुसियाली साटेकोतर्फ कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले देशलाई वर्वाद गर्ने नसोच्न चेतावनी दिए । उनीहरु पद, पैसा र परिवारका लागि लागिपरेको प्रधानमन्त्री ओलीको आरोप छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्