लेटेस्ट न्युज
advertisement1

काेपा अमेरिकाः अर्जेन्टिना सेमिफाइनलमा (अन्तिम ४ काे खेल तालिकासहित )

Maryada News 2021-07-04 09:57:16
काेपा अमेरिकाः अर्जेन्टिना सेमिफाइनलमा (अन्तिम ४ काे खेल तालिकासहित )

एजेन्सीः काेपा अमेरिका फुटबल प्रतियाेगिताकाे सेमिफाइनलमा अर्जेन्टिना पनि प्रवेश गरेकाे छ। केही बेर अघि सम्पन्न खेलमा इक्वेडरमाथि सानदार ३-० गाेलकाे नतिजा निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेकाे हाे।

अर्जेन्टिनाकाे जितमा आज कप्तान लियाेनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे। अर्जेन्टिनाले गरेकाे ३ गाेलमा मेस्सीले दुई असिस्ट र एक उत्कृष्ट फ्रिकिक गरे। रोड्रिगो डी पल र लौराटो मार्टिनेजले एक एक गाेल गरे। 

अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि भएकाे तेश्राे क्वार्टरफाइनलमा काेलम्बियाले उरुग्वेलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे थियाे। निर्धारित ९० मिनेटकाे खेल बराबरीमा टुंगिएपछि पेनाल्टि सुटआउटमा पुगेकाे खेलमा काेलम्बियाले उरुग्वेलाई ४-२ गाेलअन्तरले हराएकाे थियाे।

यस्ताे छ काेपा अमेरिकाकाे सेमिफाइनल तालिकाः

ब्राजिलविरुद्ध पेरु- जुलाई ६, मङ्गलबार ४ः४५

अर्जेन्टिनाविरुद्ध काेलम्बिया- जुलाई ७, बुधबार ६ः४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्