लेटेस्ट न्युज
advertisement1

नेपाल साफ च्याम्पियनसिपको उपविजेता 

Maryada News 2021-10-17 00:31:01
नेपाल साफ च्याम्पियनसिपको उपविजेता 

काठमाडौँ : पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको छ । माल्दिभ्समा शनिबार राति भएको फाइनलमा नेपाललाई ३ ० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । 

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २ ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३ ० को जित दिलाए। 

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रह्यो । तर, नेपाल पहिलो पटक साफमा उपविजेता बनेको छ ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो भने नेपालले राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्