एजेन्सीः काेपा अमेरिकाकाे जारी क्वार्टरफाइनल खेलमा ब्राजिल विजयी भएकाे छ। चिलीविरुद्ध जित निकाल्दै ब्राजिल अन्तिम ४ मा पुगेकाे हाे।
दाेश्राे हाफकाे सुरुआतमै ब्राजिलका लागि लुकास पाक्केटाले गरेकाे गाेल नै आजकाे खेलमा निर्णायक हुन पुग्याे। ब्राजिलले साेही गाेलकाे मद्दतमा चिलीमाथि १-० काे नतिजा निकाल्दै सेमिफाइनल यात्रा तय गरेकाे हाे।
यता खेलको ५० औं मिनेटमा ग्याब्रियल जिससले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो।
ब्राजिलले अब सेमिफाइनलमा पेरुसँग भिड्नेछ।
यसअघि पहिलो क्वार्टरफाइनल खेलमा पेरुले पाराग्वेलाई पराजित गरेकाे थियाे। निर्धारित ९० मिनेटकाे खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेकाे खेलमा पेरुले पाराग्वेलाई ४–३ ले पराजित गरेकाे हाे।
प्रतिक्रिया